ह्योल्मो समाज सेवा केन्द्र
ह्योल्मो जब्साङ्ग देक्षेन होशाल छ्योलिङ्ग गुम्बा

बौद्ध धर्ममा अटल आस्था र बिश्वास राख्ने धार्मिक स्वभावका ह्योल्मो आदिबासी जनजातिहरुको धर्म, संस्कृति, परम्परा तथा संस्कारको संरक्षण सम्बद्र्धन तथा बिशेष गरेर बौद्ध धर्मको माध्यमबाट ब्रह्माण्डमा रहेका सम्पूर्ण प्राणी जगतको उद्धारको लागि आवश्यक धार्मिक तथा सामाजिक क्रियाकलापहरु संचालन गर्नको निमित्त ह्योल्मोहरुको एउटा धार्मिक संस्थाको आवश्यकताको महशुस गरी बि.स. २०५० सालमा ह्योल्मो समाज सेवा केन्द्रको स्थापना भएको हो ।

केन्द्र

यो गुम्बा सम्पूर्ण ह्योल्मोहरूको एकता र मिलनको केन्द्रका रूपमा रहेको छ । जसलाई ह्योल्मो किदुक छोक्पा अर्थात् ह्योल्मो समाजसेवा केन्द्र नामकरण गरिएको छ ।

Norbu

उद्देश्य

ह्योल्मो आदिबासी जनजातिहरुको धर्म, संस्कृति, परम्परा तथा संस्कारको संरक्षण सम्बद्र्धन तथा ह्माण्डमा रहेका सम्पूर्ण प्राणी जगतको उद्धारको लागि आवश्यक धार्मिक तथा सामाजिक क्रियाकलापहरु संचालन गर्न ह्योल्मो समाज सेवा केन्द्रको स्थापना भएको हो ।

Dunghar-Conch-Shell

कार्यक्रम

यस गुम्बामा ह्योल्मो समुदायका वार्षिक चाड पर्व र पूजा पाठहरू छेच्यु, ङयुङ्ने, बुद्ध जयन्ती, मणिदुङग्युर, काँग्युर वाचन आयोजना हुँदै आएको छ । वार्षिक रूपमा हुने प्रत्येक कार्यक्रमको छुट्टाछुट्टै उपसमितिले व्यवस्थापन गरिँदै आइरहेको छ ।

ह्योल्मो समाज सेवा केन्द्र