Message from President

ह्योल्मो समाज सेवा केन्द्रका आदरणीय  सदस्यहरु तथा शुभ चिन्तकज्यूहरु

सर्वप्रथम, मलाई विश्वास गरी यस संस्थाको अध्यक्षको रुपमा नेतृत्व सुम्पिएकोमा कृतज्ञताका साथ सदैव आभार रहनेछु ।

यस संस्थाको सेवामा कर्मट भई लागेको पनि झन्दै दुई दशक पार गरिसकेछ र त्यसैको फल स्वरुप यस संस्थाको नेतृत्वदायी भूमिका हसिल गर्न सफल भएको छु ।

अध्यक्षको हैसियतले म यस केन्द्रलाई पारदर्शिता, निष्ठा र नविन सोचका साथ नेतृत्व प्रदान गर्ने प्रतिबद्धता सहित यस संस्थालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने दृढ संकल्प राखेको छु ।

हाम्रो ह्योल्मो समुदायको कल्याण, प्रगती र एकताको लागी म काय,वाक र चित्तको एकरुपताका साथ लागी पर्ने प्रण पनि गर्दछु ।

अन्त्यमा, यस अवसरको लागी सम्पूणर् सदस्यहरु माझ हार्दिक आभार व्यक्त गर्दै ह्योल्मो समुदाय र यस केन्द्रको सार्थक प्रगती, समृद्धि र एकतमको यात्रामा अगडि बढ्न सम्पूणर् ह्योल्मो जनमा हार्दिक अपिल गर्दछु ।

थुजछिे
पासाङ दोङबा ह्योल्मो
अध्यक्ष, ह्योल्मो गुम्बा

Message from General Secretary

ह्योल्मो गोन्पाका आदरणीय सदस्यहरू र समर्थकहरू,
टाशी देलेक!!!
General Secretary

मलाई आशा विश्वास र भरोसा छ कि यो सन्देशले सबैलाई गौरवान्वित बनाउने छ । ह्योल्मो समुदायको पहिलो आईटी क्षेत्रको विज्ञ महिला र ह्योल्मो गुम्बाकी नवनियुक्त महासचिवको रूपमा आज तपाईंहरूलाइ सम्बोधन गर्न पाउनु मेरो लागि सम्मान र सौभाग्य हो। ह्योल्मो गुम्बासँग हाम्रो समुदायको आध्यात्मिक र सांस्कृतिक परम्पराहरूमा गहिरो सम्बन्ध स्थापित भईसकेको जिबन्त र समृद्ध इतिहास छ। यसले सबै ह्योल्मो समुदायका मानिसहरूको लागि ज्ञान्, बुद्धि, विवेक, करुणा र शिक्षाको प्रकाशको रूपमा काम गर्दछ। हाम्रो गुम्बा पूजा गर्ने ठाउँ मात्र होइन, शान्तिको अभ्यारण्य र हाम्रो प्यारो परम्पराको संरक्षणको केन्द्र हो। वर्षौंदेखि ह्योल्मो गुम्बालाई सहयोग गर्नुहुने सबैलाई म हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु। तपाईको समर्पण, उदारता र अटल प्रतिबद्धताले हाम्रो गुम्बा को आध्यात्मिक र सांस्कृतिक परम्परालाइ निरन्तर कायम राखेको छ। हामी सँगै अघि बढ्दा, म ह्योल्मो गुम्बाले प्रतिनिधित्व गर्ने मूल्य र सिद्धान्तहरूलाई समर्थन गर्ने वाचा गर्दछु । म तपाईंहरू प्रत्येकलाई यस यात्रामा हामीसँग सामेल हुन, आफ्ना विचारहरू साझा गर्न, र हाम्रो प्यारो ह्योल्मो गुम्बाको गतिविधि र पहलहरूमा सक्रिय रूपमा सहभागी हुन  आमन्त्रण गर्दछु। तपाईंको साथ, सहयोग र समर्थन अमूल्य छ । तपाईंको उपस्थिति हामी सबैको लागि अपरिहार्य र महत्त्वपूर्ण छ। ह्योल्मो गुम्बा लाई तपाईंको निरन्तर साथ, समर्थन सहयोग र समर्पणको लागि धेरै धन्यवाद। यसैबीच यो बहुमूल्य पदको लागि म माथि देखाइएको विश्वास र जिम्मेवारीको लागि हृदयदेखि नै आभारी छु । आफुले पाएको विश्वास र जिम्मेवारीलाइ सदैब कर्तव्य निस्ठाका साथ पालना गर्नेछु ।

डोल्मा कुमारी ह्योल्मो,
महासचिव
ह्योल्मो गुम्बा